२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमाले निकट कर्मचारी संगठनको कार्यालयमा प्रहरी हस्तक्षेप, ६० भन्दा बढी कर्मचारी पक्राउ

४ असोज, काठमाडौँ । नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार साँझ कर्मचारी संगठनका नेताहरू कार्यालयमै बसिरहेको समयमा प्रहरी प्रवेश गरी धरपकड गरेर सिंहदरबार प्रहरी वृत पुर्याएको छ ।

महानगरीय प्रहरी वृत सिंहदरबारमा रहेकी संगठनकी उपाध्यक्ष भवानी दाहालका अनुसार प्रहरीले विना कुनै कारण र विना सूचना पक्राउ गरी प्रहरी कार्यालयमा पुर्याएको हो । संगठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालासहित ६० भन्दा बढी कर्मचारीका नेताहरूलाइ प्रहरीले सिंहदरबार वृत पुर्याएको छ ।

नेकपा एकीकृत समाजवादी निकटका कर्मचारी नेताहरूले संगठनको कार्यालय बबरमहलमा नाराबाजी गरिरहेको समयमा प्रहरीले कार्यालय भित्रै प्रवेश गरी कर्मचारी नेताहरूले उठाएर लगेको उपाध्यक्ष दाहालले बताइन ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १८:५८