हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु
-प्रकाश तिम्सिना
४ असाेज, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।

सोमबार अपरान्ह ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्यु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए ।
प्रकाशित मिति : September 20, 2021 at 5:55 pm





