३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

अझै भेटिएनन् बेपत्ता टीकाराम टमाटा

४ असोज, बैतडी । महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा लडेर नदीमा खसेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ ।

बेपत्ता भएका टमाटाको खोजी कार्य जारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासि लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 20, 2021 at 5:31 pm