संसदले स्वीकृत गर्यो राष्ट्र ऋण उठाउने विधेयक
४ असोज, काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो ।

सोमबारकै बैठकले विनियोजन विधेयक पारित गरेको छ भने आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा गर्ने मिति पनि तोकेको छ ।
प्रकाशित मिति : September 20, 2021 at 12:47 pm





