३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

रोष्ट्रम अगाडि केपी ओली र सुवास नेम्वाङ

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ । सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिएका छन् ।

रोस्ट्रमअघि उभिए पनि ओली र नेम्वाङले नारा भने लगाएनन् । सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : September 20, 2021 at 12:12 pm