२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

ओलीले दर्ता गरेकाे रिटकाे सुनुवाइ न्यायाधीशद्वय कार्की र चुडालको संयुक्त इजलासमा

४ असोज, काठमाडौँ । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ११:४५