३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको विरोध र माधव नेपालसहित १४ जना सांसदमाथि पदमुक्त हुने गरी गरेको कारबाही गरेको सूचना प्रकाशित गर्न माग राखेर एमाले सांसदहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : September 20, 2021 at 11:29 am