२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आजदेखि दशैँकाे लागी नयाँ नोट साट्न पाइने

४ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यसपटकबाट वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट समेत नयाँ नोट वितरण गरिने बताएकाे हो ।

दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने भएको हो । यसका लागि राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्र विभिन्न बाणिज्य बैंकलाई जिम्मा दिइएको छ ।

बाणिज्य बैंकहरुले नोट सटही गर्ने काउण्टरहरुको सूची भने बनिनसकेको राष्ट्र बैंकले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका लागि भने राष्ट्र बैंककै प्रादेशिक कार्यालयहरुबाट पनि नोट सटहीको सुविधा पाउन सकिने छ । साथै बाणिज्य बैंकहरुले पनि राजधानी शहर बाहिरका क्षेत्रमा रहेका आफ्ना निश्चित शाखा कार्यलयबाट नोट सटहीको सुविधा दिने छन् ।

अघिल्ला वर्षमा २० र १० रुपैयाँको नोट आंसिक रुपमा अभाव हुने गरेको थियो । यो वर्ष भने त्यस्तो समस्या नहुने राष्ट्र बैंकले बताएको छ । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् ।

राष्ट्र बैंकले सोमबारदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जनाएको छ । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगेको जनाएको छ ।  प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १०:३७