२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भोलिदेखि नयाँ नोट साट्न सकिने

३ भदाै, काठमाडौँ । दशैंको अवसरमा राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । कोरोना संक्रमण जोखिमलाई समेत दृष्टिगत गरि काठमाडौँ उपत्याकाभित्र राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंकहरुले तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटही गर्न पाइने भएको हो ।

साथै वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयबाट पनि नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बेंकले तोकेको नतिकको शाखा कार्यालयबाट नोट साट्न सकिने बैंकले जनाएको छ ।

नोट सटहीका लागि जाँदा सरकार र स्थानीय प्रशासनले तोकेका स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीका पूर्ण पालना गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १४:४५