६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वसाको प्रस्ताव


४ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री भएको चार बर्षपछि लोक सभामा मोदीविरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो । लोकसभामा शुक्रबार दिनभर अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । लोकसभामा मोदीआवद्ध भारतीय जनता पार्टीको एक्लै बहुमत छ ।

लोक सभाकी अध्यक्ष सुमित्र महाजनका अनुसार अविश्वास प्रस्तावमाथिको मतदानका लागि साँझ सवा ६ बजेको समय तोकिएको छ । लोक सभामा लन्चको समय पनि नराखिने भएको छ । भारतको संविधानअनुसार लोक सेवा अध्यक्षको मञ्जुरीका आधारमा यस्ता प्रस्तावमा बहस हुन सक्नेछन् ।

बहस सुरु हुनु अघि प्रधानमन्त्री मोदीले ट्वीटरमा संसदीय लोकतन्त्रका लागि अहम् दिन भएको लेखेका छन् । उनले आफ्ना सांसदले साथ दिने विश्वास पनि लिएका छन् । लोक सभामा अहिले ५३४ सांसद छन् । अविश्वास प्रस्ताव पास गर्नका लागि २६८ ले बहुमत पुग्छ । लोक सभा अध्यक्ष सुमित्रासहित भाजपासँग २७४ सांसद छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १५:१२