२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

देउवाको सरकार बनाउन योगदान गर्ने पत्रकारहरू विभूषित हुने (सूचीसहित)

३ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि मिसन चलाउनेदेखि सहयोगी भूमिका निर्वाह गर्ने अधिकांश पत्रकार विभूषित हुने भएका छन । सरकारले संविधान दिवसको अवसर पारेर ती पत्रकारहरूलाई विभिन्न मान–पदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने निर्णय गरेको हो । विभूषित गर्ने निर्णय गरिएका केही बाहेकका धेरै पत्रकार देउवा सरकार गठनका लागि मिसनमा सहभागी भएका थिए ।

सरकारले सार्वजनिक गरेको सूची अनुसार ५१ जना पत्रकार विभूषित हुने सूचीमा परेका छन । जस अनुसार कृतिमय राष्ट्रदिप पदक ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाल विभूषित हुनेछन ।  त्यस्तै सुप्रवल जनसेवा श्री पदकबाट तारानाथ दाहाल, डा. सुरेश प्रसाद आचार्य, हरिबिनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरि बहादुर थापा विभूषित हुनेछन ।

त्यस्तै प्रवल सेवा श्री पदकबाट पत्रकार कविर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्र कुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणी पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा. बालकृष्ण चाँपागाई, भिष्मराज ओझा, शािलकराम सुबेदी, गोविन्द धिताल, माधव ढुङगाना, प्रकृती अधिकारी, गिरीराज निरौला विभूषित हुनेछन ।

सूचना अनुसार नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरीजापसाद अधिकारी, प्रभात कुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोशन सापकोटा, नगेन्द उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजाकुमार यादव, आकांक्षा शाह, नरेन्द्र कुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बर बहादुर अधिकारी जनसेवा श्री पदकबाट विभूषित हुनेछन ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ०९:१२