२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

काेराेना अपडेटः १५११ संक्रमित थपिए, ११ जनाको मृत्यु, १६८९ संक्रमणमुक्त

३१ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११२०८ जनाको पीसीआर परीक्षण गर्दा ११६५ र ३९७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४६ जनामा गरी थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। सोही अवधिमा १६८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:०७