२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

माओवादी निकटका ५१ प्रतिशत कर्मचारी एमाले निकटको संगठनमा एकीकृत हुँदै

३१ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटका ५१ प्रतिशत भन्दा बढी कर्मचारी नेकपा एमाले निकटको संगठनमा एकीकृत हुने भएका छन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र महासचिव प्रभातप्रसाद साहसहित केन्द्रीय कमिटीका एक सय भन्दा बढी नेपाल निजामति कर्मचारी संठनमा एकीकृत हुन लागेका हुन ।

नेपाल निजामति कर्मचारी संंगठनका अध्यक्ष केदार देवकोटाले १९९ जनाको केन्द्रीय कमिटीमा १०० जना भन्दा बढी सदस्य संगठनमा एकीकृत हुने पक्का भएको जानकारी दिए । उनले असोज २ मा हुने राष्ट्रिय भेला मार्फत एकीकृत हुने विषयमाको औपचारिक घोषणा हुनेछ ।

यो पनि पढ्नुहोस्

-नेपाल निजामति कर्मचारी संगठनको भेला असोज २ मा, ९० प्रतिशत कर्मचारी एकै ठाउँमा

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ०८:४७