२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सेनामा २४ पदमा ४६४ जनाका लागि जागिरको अवसर

३१ भदाै, काठमाडाैँ । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने सैनिक उपचारिकामा ६४ जनालाई जागिरको अवसर छ । सेनाले २२ जना पूजारी हुद्दा मागेको छ । त्योबाहेक भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, इलेक्ट्रोनिक्स लगायत पदमा भर्ना आह्वान भएको हो ।

सेनाले खुला तथा समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि रक्षण सिटसहित आवेदन माग गरेको हो ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सैनिकका सन्ततीका लागि पनि आरक्षणको व्यवस्था छ । इच्छुक उम्मेदवारले बिहीबारबाट ३१ असोजसम्म दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ०७:१३