२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

काेराना अपडेटः १७६० संक्रमित थपिए, ७ जनाको मृत्यु, १२२० संक्रमणमुक्त

३० भदाै, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ ५२४ जनाको पीसीआर परीक्षण गर्दा १३३२ र ४३२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२८ जना गरी थप १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। सोही अवधिमा १२२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १७:१४