१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा महतो चयन

https://www.muktinathbank.com.np/online/loan-application

२८ भादौ, जनकपुरधाम । प्रदेश नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीको संददीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद हुन् । संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतक पछि चयन गरिने पार्टीका सांसद अशोककुमार यादवले जानकारी दिए ।

नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीसँग १३ जना सांसद छन् । प्रदेश नम्बर २ मा अब नेकपा एमालेसँग भने ८ जना सांसद मात्रै रहेका छन् ।

प्रकाशित मिति : September 13, 2021 at 5:55 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/