२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

काेराेना अपडेटः १४८६ संक्रमित थपिए, १६ जनाको मृत्यु, १२६० संक्रमणमुक्त

२८ भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४८६ जनामा कोरोनाा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५३२ जनाको पीसीआर परीक्षण गर्दा ११४९ जना र ४००७ जनाको एन्टिजेन परीक्षण गर्दा ३३७ जना गरी थप १४८६ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाकाे मृत्यु भएकाे छ । साे अवधिमा १२६० जना संक्रमणमुक्त भएकाे  मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या २६६३० रहेको छ । जसमध्ये २४९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १६:१८