२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

२८ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदका दुवै सदनका बैठक चल्न दिएको छैनन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १४:२५