३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

एनआरएनएको निर्वाचन स्थगित गर्न परराष्ट्र मन्त्रालयको निर्देशन (पत्रसहित)

२८ भदाै, काठमाडाैँ ।  गैरआवासीय नेपाल संघ (एनआरएन)को १० औं महाधिवेशनका प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले बाँकी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ । मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको सो समितिले आफ्नो प्रतिवेदन पेश नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : September 13, 2021 at 1:00 pm