नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन
२८ भदा, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

एकीकृत समाजवादीलाई निवार्चन आयोगले नयाँ पार्टीको मान्यता दिएसँगै प्रदेश १ सभाका १० जना सांसदले नेकपा एमाले छाडेका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने नेकपा (एस) को तयारी छ ।
प्रकाशित मिति : September 13, 2021 at 12:27 pm





