२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

एमालेले निष्कासन गरेका १४ सांसदको रिटको सुनुवाई न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा

२८ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।  नेकपा एमालेका अध्यक्ष अ‍ोलीले माधव नेपालसहित १४ जना सांसदलाई कारबाहीको माग गर्दै दायर गरेको रिटको सुनुवाई न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काको इजलासमा हुने भएको हो ।

एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष ओलीले वारेसनामामार्फत् भदौ १७ मा तीन रिट दर्ता गराएका थिए ।

रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ। रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २२ भदौमा अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश गरेको थियो।

प्रकाशित मिति : September 13, 2021 at 11:42 am