२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

दुप्चेश्वरका पाँच युवाले कांग्रेस छाडे, राज्यमन्त्री मैनालीले एमालेमा स्वागत गरे

२८ भदाै, नुवाकोट । नुवाकोटको दुप्चेश्वरका पाँच युवाले नेपाली कांग्रेस परित्याग गरेका छन । सोमबार नेपाली कांग्रेस परित्याग गरेका युवाहरूले नेकपा एमाले प्रवेश गर्ने निर्णय लिएका छन ।

उनीहरू नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनालीले टीका र खादा लगाएर एमालेमा स्वाग गरे । राज्यमन्त्री मैनालीले युवाहरूको भरोसा भनेकै एमाले रहेकाले अन्य युवाहरूले पनि चाँडो भन्दा चाँडो कांग्रेस र माअोवादीको भुलभलैमा नलागी एमालेको बाटोमा अाउनु राम्रो हुने बताए ।

सो अवसरमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का बुद्व तामाङ, राजन तामाङ, बिना बहादुर तामाङ, अजित तामाङ र दुप्चेश्वर ७ का महेन्द्र तामाङ एमाले प्रवेश गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ११:०३