२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संशोधनका नाममा झुक्याएर एमसीसी अनुमोदन गराउने षडयन्त्रः उपाध्यक्ष रावल

२४ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले संशोधनका नाममा एमसीसी संसदबाट अनुमोदन गर्ने षडयन्त्र भैरहेको बताएका छन ।

सामाजिक सञ्जाल मार्फत उपाध्यक्ष रावलले सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको भन्दै त्यसभित्र जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रमात्र रहेको बताएका छन।

उनले भनेका छन, ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १०:५३