२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र ! नेता पुन

२३ भदाै, काठमाडाैँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १६:३९