३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

एमसीसी संशोधनविना अघि बढ्न सक्दैनः सांसद पण्डित

२३ भदाै, काठमाडाैँ । नेकपा एमाले सांसद लालबाबु पण्डितले एमसीसी संशोधनविना अघि बढ्न नसक्ने बताएका छन । संसदीय दलको बैठकमा धारणा राख्दै उनले एमसीसी संशोधन नहुँदासम्म संसदमा प्रस्तुत हुन दिन नहुने बताएका हुन । उनले एमसीसी सम्पूर्ण काम रोक्नुपर्ने पनि बताए ।

उनले प्रतिनिधि सभा बैठकमा अध्यादेश टेबुल गर्न दिनुपर्ने तर्क पनि गरेका छन्। सांसद पण्डितले संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने अभ्यास भएकाले अध्यादेश टेबुल गर्न दिनुपर्ने बताए।

अध्यादेश टेबुल भएपछि पार्टीका शीर्ष नेताहरुले बोलेर जवाफ नआएसम्म संसद बैठक रोक्नुपर्ने उनले बताए।

प्रकाशित मिति : September 8, 2021 at 12:20 pm