१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

नागरिकता अध्यादेशको विरोधमा सत्तरूढ दल जनमोर्चाको आपत्ति

https://www.muktinathbank.com.np/online/loan-application

२३ भदाै, काठमाडाैँ । सत्तारुढ गठबन्धनको घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकतासम्बन्धी विधेयकको विपक्षमा उभिने भएको छ । सरकारले आज बुधबार नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो ।

गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दैछन् । जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : September 8, 2021 at 8:43 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/