२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नुवाकोटमा अध्यादेशको पार्टी निल ! स्थानीय र प्रदेशका जनप्रतिनिधि सबै एमालेमै

-प्रशान्तजंग पाण्डे

२२ भदौ, नुवाकोट । नुवाकोटमा माधवकुमार नेपालको अध्यादेशवाला पार्टी नेकपा एकीकृत समाजवादी ९ वटा पालिकामा निल भएको छ । जिल्लाका १२ पालिका मध्ये ९ वटा पालिकामा एक जना वडा सदस्यले पनि समाजवादी रोजेनन् । गत स्थानीय निर्वाचनमा नुवाकोटको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले तीन वटा पालिकाबाट ८ जना जनप्रतिनिधि समाजवादीमा जाँदा पनि पहिलो पार्टीकै हैसियतमा रहेने भएको छ ।

अध्यादेशको बलमा एमाले विभाजन गरेर बनेको समाजवादीका लागि कार्यकर्ता जुटाउन २२ दिनको समय उपलब्ध गराएकोमा मंगलबार साँझ ५ बजेसम्ममा ककनी गाउँपालिकाका एक वडा सदस्य, तादी गाउँपालिकाका एक वडा सदस्य र शिवपुरी गाउँपालिकाका दुइ वडा अध्यक्षसहित ६ जनाले समाजवादी रोजेका छन ।

दुइ जना जनप्रतिनिधिले भने आफूहरूलाइ जबरजस्ती लोभमा पार्न खोजेर नयाँ दल रोज्न लगाएको भन्दै सनाखत फिर्ता लिएका छन । राजेन्द्र लोहनी र पदम उप्रेती लगायतले प्रलोभन देखाएर भाँड्न खोजेको भन्दै उनीहरूले हस्ताक्षरसहित सनाखत फिर्ता लिएका छन ।

नयाँ दल रोजेर सनाखत गर्ने अन्तिम दिनसम्म नुवाकोटमा ककनी, तादी र शिवपुरी गापामा आठ जना जनप्रतिनिधिहरुले मात्र नेकपा एकिकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी राकेश गुरुङका अनुसार नयां दल रोज्नेमा दुई जना वडाध्यक्ष तथा अन्य ६ जना सदस्यहरु रहेका छन् । गुरुङका अनुसार मंगलवार कार्यालयमा आएर दुई जनाले एक दिन अगाडि गरेको सनाखत फिर्ता लिएका छन् ।

खनाखत फिर्ता लिनेहरुमा शिवपुरी गापा–५ की वडा सदस्य शर्मिला सुनार र शिवपुरी–४ की वडा सदस्य कुमारी विक रहेका छन् । सनाखत फिर्ता लिदै उनीहरुले आफुहरु मुल पार्टीमै रहेको र सोमवार केहि व्यक्तिहरुले झुक्याएर सनाखत गराएको खुलासा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित नुवाकोटको शिवपुरी गाउँपालिकाका दुई वडाध्यक्षसहित ६ जना तथा ककनी र तादी गापाका एक/एक जना वडा सदस्यले नयाँ दलमा सनाखत गरेका छन् ।

सनामखत गर्नेमा शिवपुरी–५ का वडाध्यक्ष सीताराम थापा र शिवपुरी–८ का पदमवहादुर थपलिया रहेका छन् । शिवपुरीकै सदस्यहरु ज्ञानवहादुर तामाङ, सन्तोष थापा, ठुलीमाया लामा र लक्ष्मी मिजार, तादी गामपाकी रामकुमारी श्रेष्ठ र ककनीका वडा सदस्य राजेश वलामीले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय विदुर नुवाकोटमा स्वयं उपस्थित भई उनीहरूले नयाँ दलमा खनाखत गरेका हुन् । यससँगै नुवाकोटमा नेकपा (एकीकृत समाजवादी) मा खुल्ने जनप्रतिनिधिको संख्या आठ जनामात्र रहेको छ ।

यसैवीच, नेकपा एमालेको स्थायी कमिटि तथा केन्द्रीय कमिटिले पार्टीको संरचना २०७५ साल जेठ २ को अवस्थामा फर्काइ दिएपछि नुवाकोटमा एमालेको विस्तृत वैठक बस्न लागेको छ । एकताको वृहत सन्देश दिनका लागि नेकपा एमालेको विशेष वैठक नुवाकोटमा बस्ने तयारी भएको छ ।

यसअघि, तत्कालीन प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदम गलत भएको जनाउंदै संसद पुर्नस्थापनाको पक्षमा लागेका नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यसमेत रहेका नारायणप्रसाद खतिवडा माधव नेपाल पक्षले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा नगई पार्टी एकताकै पक्षमा उभिएका छन् ।

एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला एमालेमा मध्यमार्गी धार र पार्टीवीच एकता भएपनि नुवाकोटमा संस्थापन धार नै बलियो रहेको कार्यकतार्हहरु बताउँछन् । संस्थापन पक्षको रुपमा चिनिने ओली पक्षले एकताको पक्षमा नेताहरुको लागि स्वागत गर्न आफूहरु आतुर रहेको जनाएका छन् ।

यससँगै नुवाकोटमा माधवकुमार नेपालले नेतृत्व गरेको दल कमजोर रहेको सावित भएको वागमति प्रदेश सभाका भौतिक योजना तथा कानुनमन्त्री केशवराज पाण्डेले वताए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १९:२०