२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्डले जिम्मा लिएको १० दिनपछि वाईसिएल पायो संयोजक र सहसंयोजक

२२ भदाै, काठमाडाैँ । राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) ले संयोजक र सहसंयोजक चयन गरेको छ ।

वाईसिएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् । हालै सम्पन्न वाईसिएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो ।

वाईसिएलको संयोजक र सहसंयोजक चयन गर्ने अधिकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । वाईसिएलको दुई दिने राष्ट्रिय सम्मेलन १२ भदौमा उद्घाटन भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १७:१२