२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट

२२ भदाै, काठमाडाैँ । थापाथलीस्थित नर्भिक अस्पतालमा शिक्षकले १० प्रतिशत छुट पाउने भएका छन् । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले एक साताका लागि यो अफरको घोषणा गरेको हो ।

यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउने जानकारी दिइएको छ ।

त्यसका लागि शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ । नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०९:२५