२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

काेराेना अपडेटः १८९७ संक्रमित थपिए, २० जनाको मृत्यु, १७४३ संक्रमणमुक्त

२१ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११६०९ जनाको पीसीआर परीक्षण गर्दा १४८८ र ४३७० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०९ जना गरी थप १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ। सोही अवधिमा १७४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १७:०७