३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

देउवाले नियुक्त गरे गच्छदारका पिएलाई नेविसंघ महामन्त्रीमा

२१ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार निकट नेता कपिलेश्वर यादव नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएका छन् । गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमतिअनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ । यादव गच्छदारका प्रमुख सहयोगीसमेत हुन् ।

प्रकाशित मिति : September 6, 2021 at 10:48 am