काेराेना अपडेटः १०८९ संक्रमित थपिए, १५३४ संक्रमणमुक्त, २० जनाको मृत्यु
२० भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१७० जनामा पीसीआर परीक्षण गर्दा ९७६ जना र २८०१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ गरी थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यस्तै, काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यस अवधिमा १ ५३४ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : September 5, 2021 at 4:44 pm





