२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

कुलमानको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेवले दायर गरेकाे रिट निवेदन ‘हेर्न नभ्याइने’ मा

२० भदाै, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

प्रधानन्यायाधीश चन्द्रशमशेर जबराको एकल इजलास आज उक्त रिटको निवेदनमा पेसी तोकिएको थियो । तर उक्त रिट निवेदन आज भने ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १५:०४