२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रदेश २ मा थप २ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

२० भदौ, जनकपुरधाम । प्रदेश २ मा एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग ८ सांसद मात्र छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १४:४६