कुलमानको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेवले दायर गरेकाे रिटकाे सुनुवाई आज
२० भदाै, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । उक्त रिटकाे सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकिएको छ ।
यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार ११:५२