२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमाले अध्यक्ष ओलीले दायर गरेकाे रिटकाे सुनुवाई प्रधान्यायाधीशको इजलासमा

२० भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुने भएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार ११:१६