२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमालेलाई पहिलो पार्टी बनाउने संकल्प गर्दै नुवाकोटका महिलाले मनाए तीज

१९ भदाै, नुवाकोट । अखिल नेपाल महिला संघ नुवाकाेटले तीज विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ । शनिबार पार्टी कार्यालय विदुरमा आयाेजना गरेकाे साे कार्यक्रममा तीन दर्जन  बढी महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।

नेकपा एमालेकी नेतृ एवं अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य विन्दा ढुंगानाकाे प्रमुख आतित्यथामा सम्पन्न भएकाे साे कार्यक्रममा महिलाहरूले तीजकाे गीत गाउँदै नृत्य गरेका थिए ।

कार्यक्रममा बाेल्दै नेतृ ढुंगानाले महिलाकाे नेतृत्वमा नेकपा एमालेलाई नुवाकाेटमा एक नम्बरकाे पार्टी बनाउने गरी लागिपर्न अनुराेध गरिन् । उनले सम्पूर्ण महिलाहरूलाई पार्टी संगठनकाे काममा लाग्न समेत अनुराेध गरिन् ।

यस्तै अखिल नेपाल महिला संघ नुवाकाेटकी अध्यक्ष कल्पना न्याैपाने पाण्डेले काेभिड १९ काे महामारी कायमै रहेकाले सिमित महिलालाई मात्रै कार्यक्रममा सहभागी गराउन सकिएकाे बताइन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्दिय सदस्य विमला कार्की थपलिया, अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटी सदस्य पवित्रा मुडभरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार २३:०३