२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

देउवा सरकारको धम्कीलाई एमाले उपाध्यक्ष रावलले यसरी बुटले कुल्चे (भिडियोसहित)

१९ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा प्रभाशाली नेता डा. भीम रावलले एमसीसीको बिरोध गरे जेल हाल्ने सरकारी धम्कीलाई बुटले कुल्चिएर चुनाैति दिए । उनले हिम्मत भए डा भीमबहादुर रावललाई पक्राउ गर्न चुनाैति पनि दिए ।

उनले भने ‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन ५० दिन भैसक्यो लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौताबारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ ।’

उपाध्यक्ष रावलले अघि भने ‘म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मैले भने । मलाई गिरफ्तार गर । गृह मन्त्रालय आऊ मलाई पक्रेर लग ।’

अाक्रोशित मुद्रामा प्रस्तुत भएका पूर्व गृहमन्त्री समेत रहेका रावलले अघि भने, ‘आँट गर्छौ भने तिमि देशघातीहरुले यो सम्झौताको लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किँदैनन् । यो निरङ्कुशतन्त्र होइन । नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो । तिम्रो धम्कीको कुनै मूल्य छैन । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु ।’

राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार राजधानीमा अछामका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा नेता रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारिएको बताए ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी पास गर्ने षड्यन्त्र बनाई रहेको नेता रावलले अारोप लगाए । एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन नेता रावलले नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरे । उनले भने – ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्याइँदैछ ।’

रावलले नेपाललाई पराधीन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध गरे । उनले भने, ‘जसरी बेलायतीहरूले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरूप नभएको उनले उल्लेख गरे । एमसीसीको कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि नेता रावलले बताए । भिडियो साैजन्यः एकिन्द्र कुँवर

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार २२:०९