२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

अखिल क्रान्तिकारीको शंकरदेव अध्यक्षमा जीसी, ढकालले पाए इन्जार्जको जिम्मेवारी

१९ भदौ, काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको शंकरदेव क्याम्पस कमिटीले पूर्णता पाएको छ । कमिटीको १० औँ सम्मेल मार्फत कमिटीले पूर्णता पाएको हो ।

शनिबार क्रान्तिकारीका महासचिव उत्तम अधिकारीको उपस्थितिमा भएको सम्मेलनले बिरेन्द्र जीसीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । सम्मेलनले कमिटीको उपाध्यक्षमा सुरेन्द्र बोहरा, सचिवमा प्रदिप नेपाल, सह सचिवमा गोबिन्द बिष्ट,रिस्ता खत्री र शंकर प्याकुरेल, कोषाध्यक्षमा राम चन्द्र खिमेल चुनिएका छन ।

क्रान्तिकारीले इन्चार्जको जिम्मेवारी मदन ढकाललाइ दिएको छ । त्यस्तै सहइन्चार्जमा सविनाअधिकारी र पार्वता चम्लागाइ रहेका छन । सम्मेलनमा सम्बोधन गर्दै महासिचव अधिकारीले विद्यार्थीहरूको हकहितका संगठनको उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १७:४२