२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

देउवा, प्रचण्ड र माधव दिनहुँ छलफलमा, माधवले मालदार खोज्दा मिलेन भागवण्डा

१९ भदौ, काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक दिनहुँ बालुवाटारमा बसिरहेको छ ।मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने गरेको छ तर मालदार मन्त्रालयको विवादले भागवण्डा मिल्न कठिन भैरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल प्रायः सहभागी हुने गरेका छन ।

जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यकाबाहिर रहेकाले शनिबारको बैठकमा उपस्थित भएनन् । तर पैसा कमाउने मन्त्रालयमा माधव नेपालले आँखा लगाएपछि भागवण्डा मिल्न नसकेको कांग्रेस नेताले बताए ।

सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १५:२४