२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रहरीले चालकमाथि दूर्व्यवहार गरेको भन्दै फेरि बन्द भयो फोहोर

१९ भदौ, नुवाकोट । काठमाडौँ महानगरपालिकाका प्रहरी र नेपाल प्रहरीले फोहोर संकलन गर्ने सवारीका चलकमाथि दूर्व्यवहार गरेको भन्दै फेरि फोहोर बन्द भएको छ ।

फोहोर फ्याँक्नका लागि ओखरपौवा पुगेका सवारीहरू सडकमा रोकेर राखेर चालहरूले बिरोध जनाएका छन । शुक्रबार प्रहरीले उनीहरूमाथि दूर्व्यवहार गरेको जनाइएको छ ।

शनिबार बिहानैदेखि चालहरूले फोहोर खन्याउन अबरोध गरेर सडकमै गाडीहरू रोकेर राखेको नेकपा एमाले ककनीका नेता बैकुण्ठ घिमिरेले जानकारी दिए ।

उनले महानगरीय प्रहरी वृत बालाजुका प्रहरी र काठमाडौँ महानगरका नगर प्रहरीले चालकमाथि दूर्व्यवहार गरेको सुनिएको बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १४:२६