२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सेजनको अध्यक्षमा बराल, दुई सदस्यबाहेक सबै पदमा कांग्रेस निकट पत्रकार

१८ भदाै, काठमाडाैँ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार नयापत्रिकाकर्मी बराल बिजयी भएका हुन् । शुक्रबार सम्पन्न भएको निर्वाचनमा निर्वाचित अध्यक्ष बरालले ११४ मत ल्यााएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी आशिष ज्ञवालीले ८० ल्याएका छन् । त्यस्तै शिरोमणि ढुंगाना पनि तेस्रो मतसहित पराजित भएका छन । अध्यक्षमा पराजित हुने दुबै जना नेपाली कांग्रेस निकटका हुन ।

सेजनको २२ औं साधारण सभाले उपाध्यक्षमा सुजन वलीलाइ निर्वाचित गरेको छ । वलि निबर्तमान कार्यसमिति महासचिव थिए । वलीले १२८ मत पाएका छन् भने उनका प्रतिद्वन्दी कृष्ण रिजालले १०५ मत पाएका छन् ।

महासचिवमा भगवत भट्टराईले १४० मत ल्याएर बिजयी भएका छन् भने प्रतिद्वन्दी बिनय बन्जाराले १०० मत ल्याएका छन् । सचिवमा हिमाल पौडेल निर्वाचित भएका छन् । पौडेलले १११ मत ल्याएका छन भने प्रतिद्वन्दी हिमा बिकले ६६ मत ल्याइन् ।

कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा बिजयी भएकी छिन् । उनले १२३ मत ल्याएर बिजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी सुजन ढुंगानाले ९२ मत ल्याएका छन् । सदस्यमा सोभित थपलियाले १६८, अच्युत पुरीले १६२, इशारा कोइरालाले १५८ अमर बडुवाल १४८ र चेत बहादुर (सिबि) अधिकारीले १३९ मत ल्याएर बिजयी भएका छन् ।

सदस्यमा विजयी भएका थपलिया र पुरी वामपन्थी निकट पत्रकार हुन भने बाँकी सबै नेपाली कांग्रेस निकटका पत्रकार हुन । सेजनमा विगतदेखि नै नेपाली कांग्रेस निकटका पत्रकारहरूको वर्चश्व रहँदै आएको छ । भन्नका लागि व्यवसायिक पत्रकारको संस्था भनिए पनि सेजनले सदस्यता वितरणमै कांग्रेस निकटलाईमात्र प्राथमिकतामा राखे पछि आर्थिक पत्रकारहरूको अन्य संस्थाहरू जन्मिएका छन ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार २२:३३