२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

कोरोना अपडेटः १७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु, २२७४ संक्रमणमुक्त

१८ भदाै, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९७७३ जनाको पीसीआर परीक्षण गर्दा १३५७ र ४५६१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९९ जना गरी थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १६:१८