२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालय मिनभवनमा

१८ भदौ, काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ । एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा.वेदुराम भुसालले जानकारी दिए ।

‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ,’ नेता भुसालले भने, ‘अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ । चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ ।’ नेपाल नेतृत्वको एकीकृत समाजवादी गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १५:०९