२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

भदाै  २० गतेदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

१८ भदाै, काठमाडौँ । कोरोना भाइरस कारण बन्द रहेको मनकामना केबुलकार भदाै  २० गते आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

काेराेना संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालन हुने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १४:१५