२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

चट्याङ लागेर तनहुँमा १ युवकको मृत्यु

१८ भदौ, तनहुँ । तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ । भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो । घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएको थियाे । बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हाे । विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिँदैछ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १३:५६