२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले दायर गरेकाे मुद्दाको सुनुवाइ आज हुँदै

१८ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । अध्यक्ष ओलीले दायर गरेको रिटको पेशी न्यायाधीश मीरा खड्काको इजलासमा तोकिएको छ ।

एमालेले आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसको सूचना जारी नगरेको र कारबाही गरेका नेताहरुलाई निर्वाचन आयोगले पार्टी विभाजनमा सनाखत गराएको भन्दै सर्वाेच्चमा रिट दायर गराएको हो ।

रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ११:४०