२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

आर्थिक पत्रकारहरूको चुनावी साधारसभा सुरू, अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

१८ भदौ, काठमाडौँ । आर्थिक पत्रकारहरूको साझा छाता संस्था आर्थिक पत्रकार समाज (सेजन) नेपालको नयाँ नेतृत्वका लागि शुक्रबार आज निर्वाचन हुँदैछ । २२औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षका लागि जनार्दन बराल, आशिष ज्ञवाली र शिरोमणि ढुंगानाबीच प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्षमा सुजन ओली र कृष्ण रिजाल भिड्दैछन् भने महासचिवमा भागवत भट्टराई र विनय बन्जराबीच प्रतिस्पर्धा हुँदैछ ।

सचिवमा तीनजना उम्मेदवार छन् । सचिवमा हिमाल पौडेल, हिमा विक र एलिजा उप्रेतीबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्षमा लक्ष्मी सापकोटा, कमला अर्याल र सुजन ढुंगानाले उम्मेदवारी दिएका छन् ।

पाँच सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । सदस्यमा सिबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया, इशारा कोइराला र शंकर पण्डित छन् ।

बन्दसत्रपछि शुक्रबार ११ बजेपछि इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा निर्वाचन हुने सेजनका अध्यक्ष भीम गौतमले जानकारी दिए । सेजनमा २६८ जना साधारण सदस्य छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १०:३३