२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

माधव नेपालको पार्टी स्यालकाे सिङजस्तै हराउने निश्चित छः नेता थापा

१७ भदाै, काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले माधवकुमार नेपालको पार्टी स्यालकाे सिङजस्तै हराउने दाबी गरेका छन । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै नेता थापाले अबको १५ महिनामा नेपालको पार्टीको अस्तित्व समाप्त हुने उल्लेख गरेका छन ।

थापाले एमाले फुटाएर हिडेँका बामदेवको प्रधानमन्त्री हुने सपना सधैँका लागि समाप्त भएको भन्दै छटपटीले मात्र केही नहुने उल्लेख गरेका छन। यस्तो छ थापाको टिप्पणी

प्राय:आम निर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन्। अनि कहिले पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खाेज्दै कृत्रिम याेजनामा धावा बाेलेर चुनाव जित्ने गर्छन्,केही दशकयता याे क्रम देखिंदै आएकाे छ !

नेपालमा भने चुनावकाे मुखमा एमाले फुटाउने,टुक्र्याउने र चाेइट्याउने गर्दै आएकाे देख्न पाइन्छ, बहुमतकाे सरकार बनाउने संभावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशाेक राई- राजेन्द्र श्रेष्ठले र २०७८मा माधव कु.नेपालले याे अपराधपूर्ण कार्य गरेका छन्।

पार्टी फुटाएर हिंडेका वामदेवकाे प्रधानमन्त्री हुने संभावना सधैका लागि सकियाे र जति छटपटिए पनि पछि अर्थै भएन। अशाेक- श्रेष्ठ त मधेसी पार्टीमा पुगेरअंगिकृत नागरिकजस्ताे हुन पुगे। अब देख्न बाँकी माधव कु.नेपालकाे हरिबिजाेग मात्रै रहेकाे छ।

उनकाे पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालकाे सिङजस्तै हराउने निश्चित छ।किनकि,जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन् !

प्रकाशित मिति : September 2, 2021 at 9:51 am