२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

१६ भदाै, काठमाडाैँ । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर स्थगित गरिएको हो । एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।

प्रदेशसभाको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १३:१९